जिल्ला अदालत परासीका कम्प्युटर अपरेटर घुससहित नियन्त्रणमा

 जिल्ला अदालत परासीका कम्प्युटर अपरेटर घुससहित नियन्त्रणमा

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) नवलपरासी जिल्ला अदालत परासीमा कार्यरत कम्प्युटर अपरेटर राम लखन बनिया घुस रकम सहित पक्राउ परेका छन् ।

लागू औषध मुद्दाको पुर्पक्षमा कारागार कार्यालय नवलपरासीमा रहेका सेवाग्राहीसँग छुटाई दिन सहजीकरण गर्ने भनी घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट गएको टोलीले राम लखन बनियालाई सेवाग्राहीबाट लिएको रू २,००,०००।  दुई लाख रुपैयाँ रकमसहित नियन्त्रणमा लिएको हो ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *