सरकारको मल किसानको मन-घण्टौँ लाइनमा वस्दा पनि मल नपाइने, धेरै दिन कुर्नुपर्ने बाध्यतामा छन्

नेपालमा रसायनिक मलको विषय भर्खरको होइन। जब नेपालमा रसायनीक मलको प्रयोग गर्न थालियो त्यसपछि यो विषय सधै कुनै न कुनै रुपमा चर्चामा रहिरह्यो । कुनै समय मलमा भ्रष्टाचार भएर होस वा कुनै समय मल अभाव भएर किन नहोस मल र्चामा रहेको विषय हो । जब किसानहरुले वाली लगाउने समय हुन्छ तब मलको अभाव सुरु हुन्छ वा अभाव बनाइन्छ । करिव ३० वर्ष पहिले नेपालमा रसायनीक मलको प्रयोग अत्यन्तै कम हुने गरेको थियो। वाली नाली पनि ठिकै हुन्थ्यो ।
तर अहिले मल विना वाली लगाउनै नसक्ने अवस्था भएको छ । यो समयमा धेरैले मल राजनीति गरेका छन् । कतिपयले व्यवसाय गरेका छन् तर समग्रमा मारमा किसान छन् । घण्टौँ लाइनमा वस्दा पनि मल नपाइने, धेरै दिन कुर्नुपर्ने बाध्यतामा छन् किसान।
किसानहरु जब खेती लगाउने समय हुन्छ तब मलको विषयमा सधै चिन्तिामा रहने गरेका छन् । कतिपय अवस्थामा मल वितरण गर्ने अड्डामा बस्ने कर्मचारी र राजनीतिक नेतृत्वको खिचतानीमा समेत किसान पर्ने गरेका छन् । अहिले त्यस्तै भएको छ। गोदाममा मल छ तर किसानले पाईरहेका छैनन् ।
सडकदेखि सदनसम्म खेतीको मौसममा रासायनिक मल नपाएको विषयमा चर्चा भएपछि कृषि मन्त्रालय मल अभाव नरहेको प्रतिक्रिया दिन थालेको छ ।
तर वितरण प्रणालीमा सुधार नल्याउँदा समस्या रहने मन्त्रालयले जनाएको छ । सरकारले मलका लागि बजेट तर्जुमादेखि खरिद गरेर कृषि सामग्री केन्द्र र साल्ट ट्रेडिङसम्म ल्याउने काम गर्छ ।