खेम बहादुर पाठकको जागरण अभियानले बदल्दै सहकारी अभियान

काठमाण्डौ । सहकारी क्षेत्रमा देखिएका समस्या पहिचान गरि समाधानका विाष्यमा प्रारम्भिक संस्थाका पदाधिकारी तथा कर्मचारीहरुलाई जागरुक बनाउने आम प्रशिक्षण कार्यक्रम अन्र्तगत बर्दियाका संस्थाहरुको कार्यक्रम सम्पन्न भएको छ ।
साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. नेपालगञ्ज शाखा कार्यालय र नेपाल कृषि सहकारी केन्द्रीय संघ लि.को आयोजनामा भएको कार्यक्रममा सहकारी क्षेत्रको समग्र सुधार र आगामी दिनमा गर्नुपर्ने सुधारका विषयमा छलफल भएको थियो ।
नेपाल कृषि सहकारी केन्द्रीय संघ लि., साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. का अध्यक्ष, राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष खेम बहादुर पाठकको अगुवाईमा देशभर सञ्चालन भईरहेको आम प्रशिक्षण कार्यक्रम अन्र्तगत बर्दियाका सहकारी संस्थाका सञ्चालक, लेखा सुपरिवेक्षण समिति तथा कर्मचारीहरुको सहभागितामा भएको कार्यक्रममा सहकारी क्षेत्र सुधारर्न आफै सुर्धनुपर्नेमा जोड दिइएको छ ।
अध्यक्ष पाठककले सबैभन्दा पहिले आफु सुशासनमा बसेर अरुलाई सुशासनमा राख्न सकिने भन्दै स्ंस्थागत सुधारका लागि काम गर्न सबैलाई अनुरोध गर्नुभयो ।
नेपालगञ्जमा भएको कार्यक्रममा बर्दिया जिल्लाका ५ सय १५ जनाभन्दा बढिको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहकारी महासंघका सञ्चालक प्रेम सुवेदी, एकता शाह, नेपाल कृषि सहकारी केन्द्रीय संघका उपाध्यक्ष पूर्ण शर्मा, केन्द्रीय संघका सञ्चालक हरी अधिकारी र लुम्बिनी प्रदेश कृषि संघका अध्यक्ष गोपाल पौडेल लगायतको उपस्थिती रहेको थियो ।
अहिले खेम बहादुर पाठकले सहकारी क्षेत्रको सुधारका लागि देशव्यापी रुपमा आम प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहनुभएको छ ।