संस्कृति र सम्पदा संरक्षण चुनौतीपूर्ण : पर्यटनमन्त्री पाण्डे

 संस्कृति र सम्पदा संरक्षण चुनौतीपूर्ण : पर्यटनमन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले संस्कृति, इतिहास र सम्पदा लोप हुने खतरा बढेको बताउनुभएको छ ।
विश्व संग्रहालय दिवस २०२५ का अवसरमा आयोजित कार्यक्रममा मन्त्री पाण्डेले समाज परिवर्तनका कारण विगतका संस्कृति र इतिहास संरक्षणमा चुनौती थपिएको बताउनुभयो ।

तीव्र बसाइँसराइ र सामाजिक रूपान्तरणका कारण संस्कृति तथा सम्पदा संरक्षण चुनौतीपूर्ण बन्दै गएको पाण्डेको तर्क छ ।

मन्त्री पाण्डेले संग्रहालय केवल वस्तुको संग्रहालय नभई पहिचान र भावनाको प्रतिनिधित्व गर्ने स्थान भएको समेत बताउनुभयो ।
उहाँले भन्नुभयो ‘हामीसँग भएका सम्पदाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा उचित सम्मान र चर्चा पाउनुपर्छ, संग्रहालय र सम्पदा संरक्षणका लागि सरकार प्रतिबद्ध छ ।

संग्रहालयको महत्त्व र गरिमालाई मूर्त तथा अमूर्त रूपमा संरक्षण गर्नुपर्ने मूलसन्देश आत्मसात गर्न उहाँले सबैलाई अनुरोध गर्नुभयो ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *