अष्ट्रेलियामा फेन्का र गोरखा समाजको नेपाल चिनाउने अन्तराष्ट्रिय एभरेष्ट डे

 अष्ट्रेलियामा फेन्का र गोरखा समाजको नेपाल चिनाउने अन्तराष्ट्रिय एभरेष्ट डे

मुक्तिराम पोखरेल, सिड्नी । अष्ट्रेलियामा नेपालको पहिचान र परिचयलाई विविध विषयसंग जोडर विभिन्न कार्यक्रमहरुको आयोजना भईरहेका छन् ।
यसै सन्दर्भमा अष्ट्रेलियामा रहेका सामाजिक संघसंस्थाहरुको साझा संगठनका रुपमा रहेको फेडेरेशन अफ नेप्लिज कम्युनिटी एसोसियसन अफ अष्ट्रेलिया फेन्का तथा गोरखा समाज अष्ट्रेलियाको अगुवाईमा ३१ मे मा अन्तराष्ट्रिय एभरेष्ट डे अष्ट्रेलियाको सबै State मा मनाउने घोषणा गरिएको छ ।
संसारको सबैभन्दा उच्च शिखर सगरमाथा नेपालमा रहेको र प्राकृतिक रुपले समेत नेपाल आकर्षक देश रहेकोबारे अन्तराष्ट्रिय समुदायलाई जानकारी दिने उद्धेश्यका साथ जुम मार्फत २९ मे मा, प्रत्यक्ष रूपमा मे ३१ मा एभरेष्ट डे को आयोजना गरिएको फेन्काका अध्यक्ष बम योञ्जनले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो माउन्ट एभरेष्टका बारेमा देश तथा विदेशमा प्रचार प्रसार गर्ने, पर्यटन प्रवद्र्धन गर्दै नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाउन कार्यक्रम आयोजना गरेका हौं ।

पर्यटन क्षेत्रको प्रवद्र्धनसंगै नेपालको आर्थिक अवस्था सुधारमा समेत सहयोग पुग्ने उहाँले बताउनुभयो । “सगरमाथा तथा हिमाल क्षेत्रको संरक्षण गरौं”(Preserve Mt. Everest and the Himalayas)भन्ने नाराका साथ ३१ मे मा अष्ट्रेलियामा स्थानिय समय अनुसार विहानको ९.३० बजे देखी नेपाली कला संस्कृति झल्कने विविध कार्यक्रम गरी सगरमाथा डे मनाउने कार्यक्रम रहेको छ। 

यो कार्यक्रम अष्ट्रेलियाका ८ वटै राज्यमा ३१ मे मै विभिन्न संघ संस्थाको सहयोगमा एकसाथ आयोजना गरिएको पनि अध्यक्ष योन्ञनले जानकारी गराउनु भयो ।
यसैगरी अष्ट्रेलियामा रहेर सामाजिक कार्य गर्दै आउनु भएका रुपन्देहि सामाजिक संञ्जालका संरक्षक तथा न्यू साउथ वेल्सका स्टेट डेपुटि कोडिनेटर मुक्तिराम पोखरेल ले सिड्नीको Five Dock  मा ३१ मे मा विहान ९:३० बजेबाट कार्यक्रम सुरु हुने बताउनुभएको छ ।
उहाँले नेपाली कला, संस्कृति झल्कने विभिन्न भेषभूषा सहित नेपाललाई चिनाउने विविधतायुक्त प्रस्तुती सहित एभरेष्ट डे मनाउने कार्यक्रम रहेको बताउनुभयो । नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाउन यस्ता कार्यक्रमहरुले सहयोग पुग्ने भन्दै उहाँले नेपालको हितका लागि पनि सबै सहभागि हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
उहाँले नेपाली समुदायले अष्ट्रेलियामा रहेर पनि नेपालको पयर्टन, कला, संस्कृति जर्गेना गर्ने र प्रचार प्रसार गर्ने कार्य गर्दै आएकोमा धन्यवाद ज्ञापन गर्दै समुदायका अगुवा , सामाजिक व्यक्तित्व, संघ संस्थाका प्रतिनिधि एवं सरोकारवालालाई यस्तो महत्वपूर्ण नेपाल चिनाउने कार्यक्रममा सहभागिता जनाउन अनुरोध समेत  गर्नु  भएको छ।

साथै Everest Day Celebration सबै स्टेटमा हुने कार्यक्रमलाई  Let’s talk Numbers, Best green solar, Precision Home, Expert education and visa services, Peak Realty Real estate,Aussie Finance and home loans,Multi Dyanamic Real estate, Rainbow Painting and services, Himal Expert Driving School NSW, RFM Facility management and Expert telecom लगायत विभिन्न व्यवसायिक संघ संस्थाले पनि सहकार्य एवं हातेमाली गरेका छन् ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *