गभर्नर पौडेलले गरे पदभार ग्रहण, ५ सय र १ हजारका नोट छाप्ने निर्णय

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले पदभार ग्रहण गर्नुभएको छ ।
बुधबार शपथग्रहणलगत्तै बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालयमा पुगेर गभर्नर पौडेलले पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गरेलगत्तै उहँले ५ सय र १ हजार रुपैयाँका नोट छाप्ने निर्णयमा हस्ताक्षर गर्नुभएको बुझिएको छ ।
त्यसअघि गभर्नर पौडेलले सर्वोच्च अदालतमा आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । यसअघि मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको थियो ।