राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार घटायो, पुँजी बजारमा उत्साह

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिमभार घटाएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०८१ ८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षामा सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट १०० प्रतिशत कायम गर्ने निर्णय गरेको हो ।
सेयर बजारलार्य थप चलायमान बनाउन यस निर्णयले सहयोग पुग्ने लगानीकर्ताहरुले बताएका छन् ।
पुँजी बजारलार्य चलायमान बनाउन सके अर्थतन्त्रमा सहयोग पुग्ने विषयमा नव नियुक्त गर्भनर विश्व पौडेल सकारात्मक हुनुहुन्छ । गभर्नर नियुक्ति हुने भन्ने चर्चासंगै बजारले केही लय पनि लिन थालेको छ । सकारात्मक संकेत देखिएकै समयमा गभर्नरले १ सय २५ बाट जोखिम भार १०० मा कायम गर्ने व्यवस्था गरेसंगै आफुहरुलाई थप उत्साहित बनाएको र बजारले पनि यसलार्य सकारात्मक रुपमा लिने विश्लेषकहरुले बताएकाछन् ।
लगानी वातावरण सुधार गर्ने उद्देश्यले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ मा भएको पछिल्लो संशोधनका व्यवस्थाहरुलाई समावेश गरी “नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८” जारी गरिने उल्लेख गरेको छ ।
बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को संशोधनबमोजिम चेक अनादरसम्बन्धी व्यहोरा प्रमाणित गर्ने कार्यविधि तर्जुमा गरी जारी गर्ने जनाएको छ ।