अतिरिक्त समूहमा रहेका २३ उपसचिवलाई जिम्मेवारी

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रालयमा अतिरिक्त समूह जगेडामा रहेका २३ उपसचिवलाई जिम्मेवारी दिएको छ । त्यस्तै मन्त्रालयले जिम्मेवारीमा रहेका तीन उपसचिवलाई जगेडामा तानेको छ ।
मन्त्रालयले जिल्ला समन्वय समिति झापाका जिल्ला समन्वय अधिकारी अकबर प्रधान, कटारी नगरपालिका, उदयपुरका प्रमुख प्रशासकीय अधिकृत राजमणि निरौला, र जिल्ला समन्वय समिति स्याङ्जाका जिल्ला समन्वय अधिकारी रुकु शर्मा पौडेललाई मन्त्रालयमा तानेर जगेडामा राखेको छ ।