तनहुँमा जिप दुर्घटना तीन जनाको मृत्यु

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका मादी नदी पुलबाट गएराति जिप खस्दा तीन जनाको मृत्यु भएको छ । दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरकोे जिप पुलको रेलिङ भत्काएर मादी नदीमा खसेको हो ।
दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा व्यास–५ का ३५ वर्षीय प्रविन थापामगर, सोही ठाउँका २२ वर्षीय कुमार थापा र २० वर्षीय कुशल थापा रहेका प्रहरीले जनाएको छ । उनीहरुको दमौली अस्पतालमा मृत्यु भएको हो ।