अर्थमन्त्रीद्वारा राष्ट्रपतिलाई बजेटबारे ब्रिफिङ

 अर्थमन्त्रीद्वारा राष्ट्रपतिलाई बजेटबारे ब्रिफिङ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले भेट गर्नुभएको छ । मंगलबार भएको भेटमा राष्ट्रपतिलाई अर्थमन्त्रीले आर्थिक वर्ष २०८२–८३ को बजेटका बारेमा ब्रिफिङ गर्नुभएको अर्थ मन्त्रालयले जनाएको छ ।

सरकारले संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते बिहीबार बजेट ल्याउँदै छ । सोही बजेटका बारेमा मन्त्री पौडेलले मंगलबार राष्ट्रपति भवन शीतल निवास पुगेर बजेटबारेमा ब्रिफिङ गर्नुभएको हो ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *