सरकार र यातायात व्यवसायीबिचको वार्ता निष्कर्षविहीन

काठमाडौँ । सरकार र यातायात व्यवसायीबिचको वार्ता निष्कर्षविहीन भएको छ । सोमबार गृह मन्त्रालयमा बसेको सरकारी अधिकारी र यातायात व्यवसायीबिचको वार्ता विना निष्कर्ष विहिन बनेको हो । बार्ता भोलि विहान साढे १० बजे बस्ने गरी स्थगित भएको वार्तामा सहभागी एक प्रतिनिधिले जानकारी दिएका छन् ।
गण्डकी प्रदेशले ल्याएको राइड सेयरिङ नियमावलीविरुद्ध देशभरका सार्वजनिक सवारी बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । वार्तामा यातायात व्यवसायीले उक्त नियमावली स्थगित गरे आफ्नो आन्दोलन पनि तत्काल स्थगित गर्ने उद्घोष गरेका छन् ।