संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यी हुन् कार्यसूची

 संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यी हुन् कार्यसूची

gofF afg]Zj/l:yt ;+3Lo ;+;b ejg . ;+3Lo ;+;bsf] a}7s kmfu’g @! ut] cfXjfg ul/Psf] 5 . tl:a/ M /Tg >]i7, /f;; .

संघीय संसद्को दुवै सदनको बैठक शुक्रबार बस्दैछ। प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्ने गरी निर्धारण भएको छ। शुक्रबारको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नेछन्।

यस्तै, राष्ट्रियसभाको बैठक शुक्रबार दिउँसो १ः१५ बजे बस्ने छ। सो बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहने छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *