विश्व वातावरण दिवस विशेष कार्यक्रमकासाथ मनाइयो, प्लाष्टिकजन्य फोहोर व्यवस्थापनमा जोड

 विश्व वातावरण दिवस विशेष कार्यक्रमकासाथ मनाइयो, प्लाष्टिकजन्य फोहोर व्यवस्थापनमा जोड

काठमाडौँ — वातावरण विभागले ‘प्लास्टिक प्रदूषण न्युनीकरण स् हाम्रो दायित्व’ भन्ने नाराका साथ विश्व वातावरण दिवस मनाएको छ ।
वन तथा वातावरण राज्यमन्त्री रुपा विकले प्लास्टिक प्रदूषण विश्वमै गम्भीर चुनौतीको रुपमा देखिएको र यसको निराकरणमा सबै तह लाग्नुपर्ने बताउनुभयो ।
प्लास्टिक प्रदूषण निराकरणमा कसरी व्यवहारिक बन्ने विषयमा सबैले सोच्न जरुरी रहेको मन्त्रीको भनाई रहेको थियो । मन्त्री विकले वातावरण प्रदूषण वन मन्त्रालयको मात्र विषय नभएकाले यसमा सबै मन्त्रालय र नागरिक लाग्नुपर्नेमा जोड दिनुभयो ।

वातावरण विभागका विभागका महानिर्देशक ज्ञानराज सुवेदीले प्लास्टिक प्रयोगको बानीलाई कम गर्नुपर्ने धारणा राख्नुभयो । ‘प्लास्टिकजन्य फूल, पुष्पगुच्छालाई पूर्ण रुपमा निषेध गरिएको स्मरण गराउँदै सबैलाई यसतर्फ अगाडि अनुरोध गर्नुभयो ।

विगतमा प्लास्टिकको अधिक प्रयोग नभएको भन्दै उहाँले अहिले सबैतिर यसको प्रयोग बढीरहेको र यसलाई कम गर्नुपर्नेमा जोड दिनुभयो । वातावरण विभागले विभिन्न समयमा निर्देशिका पनि जारी गरिसकेको छ । कार्यक्रममा बोल्नुहुँदै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले वातावरणको विषय मानव जीवनसंग जोडिएको विषय भएकाले यसतर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

बजेट आइसकेको र सबै निकाय मिलेर काम गर्नेुपर्नेमा समेत उनले जोड दिनुभयो ।
मन्त्रालयका सचिव डा.राजेन्द्रप्रसाद मिश्रले प्लास्टिकले सय वर्षको यात्रा पार गरिसकेको र मानव जीवनसँग नजिकसँग जोडिएको बताउनुभयो । सचिव मिश्रले हामीले प्लास्टिकको न्यूनीकरण गरौं भन्ने नाराका साथ यस वर्षको वातावरण दिवस मनाएका छौ तर वातावरणलाई प्रभावपार्ने हरेक कुरामा सबै सजग हुनुपर्छ उहाँले भन्नुभयो।
यस अवसरमा विभागले वातावरण प्रदूषणसम्बन्धी जानकारी दिन दुई वटा पुस्तकसमेत विमोचन गरेको छ । देशभर रहेका वायु गुणस्तर मापन गर्ने स्टेसनबाट प्राप्त तथ्यांक रहेको पुस्तक ‘स्टाटस अफ एयर क्वालिटी इन नेपाल एनुअल रिपोर्ट, २०२४’ र वायु प्रदुषणसम्बन्धी जानकारी दिन ‘वायु प्रदूषणसम्बन्धी आधारभूत जानकारी’ पुस्तक वन तथा वातावरण राज्यमन्त्री विकले विमोचन गर्नुभएको हो ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *