सुनको भाउ स्थिर हुँदा बढ्यो चाँदी

नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर छ । चाँदी बढेको छ। बिहीबार प्रतितोला पाँच सय रूपैयाँ बढेको सुनको भाउ यसदिन स्थिर रहेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९३ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ।
यसैगरी, शुक्रबार चाँदीको मूल्य भने बढेको छ। बिहीबार चाँदी प्रतितोला दुई हजार ७५ रूपैयाँमा कारोबार भइरहेकोमा शुक्रबार प्रतितोला दुई हजार एक सय ५० रूपैयाँ किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ७५ रूपैयाँ बढेको हो।