आजदेखि ५ लाखभन्दा बढी नगदमा कारोबार गर्न नपाइने

 आजदेखि ५ लाखभन्दा बढी नगदमा कारोबार गर्न नपाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि ५ लाख रुपैयाँभन्दा बढीको चेक साटेर नगद झिक्न नपाइने व्यवस्था गरेको छ । मन्त्रिपरिषदको निर्णय अनुसार १ पटकमा ५ लाखसम्मको वस्तु तथा सेवाको कारोबार मात्र नगदमा गर्न पाइने भएको हो ।

सरकारले राजपत्रमा निकालेको सूचनामा माघ १ गतेदेखि ५ लाख रुपैयाँभन्दा बढीको वस्तु तथा सेवाको कारोबारमा बैंकिङ उपकरण प्रयोग गर्नुपर्ने उल्लेख छ ।

‘नेपाल सरकार, मन्त्रिपरिषद्ले नेपाल राष्ट्र बैंकको परामर्शमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ४४ग. को उपदफा (१) को प्रयोजनका लागि २०८२ माघ १ गतेदेखि कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले एक पटकमा पाँच लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको कुनै सेवा वा वस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा वित्तीय संस्था वा बैंकिङ उपकरण मार्फत गर्नुपर्ने गरी नगद कारोबारको सीमा निर्धारण गरिएको छ,’ नेपाल सरकारले पुस २४ गते राजपत्रमा जारी गरेको सूचनामा भनिएको छ ।

तर, वित्तीय संस्थामा निक्षेप, बचत वा सटही गर्न, वित्तीय संस्थाबाट लिएको कर्जा, त्यसको साँवा तथा ब्याज भुक्तानी गर्न भने उक्त व्यवस्था लागू नहुने उल्लेख छ । त्यस्तै वित्तीय संस्थाहरू बीचमा नगद कारोबार गर्न पनि उक्त सीमा लाग्ने छैन ।

त्यस्तै नगदको सीमाभन्दा बढी नगद स्रोत तथा प्रयोजन खुल्ने गरी आफूसँग राख्न वा देशभित्र एक स्थानबाट अर्को स्थानमा लैजान सकिनेछ ।

 

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *