१५ शय्या अस्पताल भवन निर्माणमा अनियमितता देखिएपछि सांसदसहित १७ जना विरूद्ध मुद्दा दर्ता

 १५ शय्या अस्पताल भवन निर्माणमा अनियमितता देखिएपछि सांसदसहित १७ जना विरूद्ध मुद्दा दर्ता

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सत्तारूढ नेकपा ९एमाले० मधेस प्रदेशका सांसद दीपेन्द्रकुमार ठाकुरसहित १६ जना र एक कम्पनीविरूद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ।

धनुषाको औरही गाउँपालिका(२ स्थित १५ शय्या अस्पताल भवन निर्माणमा अनियमितता देखिएपछि ठाकुरसहित १६ जना व्यक्ति र एक कम्पनीसहित १७ विरूद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार लुम्बिनीरडि एन्ड जेभी तथा डी एन्ड एन बिल्डर्स प्रालिका तत्कालीन प्रबन्धक निर्देशक हाल मधेस प्रदेशका प्रदेश सभा सदस्य दीपेन्द्रकुमार ठाकुर ठेक्का प्रक्रियामा सामेल भएको देखिएको छ।

औरही गाउँपालिकाका तत्कालीन अध्यक्ष ब्रह्मदेव यादव, उपाध्यक्ष मीरादेवी सहनी, प्रमुख प्रशासकीय अधिकृत सुवोधकुमार ठाकुर, वडा(१ का वडाध्यक्ष आशेश्वर यादव, वडा(२ का वडाध्यक्ष अमितकुमार यादवविरूद्ध मुद्दा दर्ता भएको हो।

त्यस्तै, औरही गाउँपालिका(३ का तत्कालीन वडाध्यक्ष गंगाप्रसाद यादव, वडा (४ का वडाध्यक्ष शिवनाय साह, वडा(५ का वडाध्यक्ष प्रमेश्वरकुमार मण्डल, वडा(६ को वडाध्यक्ष दिलिपकुमार साह, तत्कालीन इन्जिनियर सोनु साह, सब इन्जिनियर सन्तोषकुमार मण्डल, बिनितकुमार साह छन्।

गाउँपालिकाका तत्कालीन खरिदार मोहनकुमार मण्डल, मनोजकुमार यादव र लुम्बिनी बिल्डर्स प्रालिका तत्कालीन प्रबन्धक निर्देशक बिष्णुप्रसाद शर्मा र लुम्बिनी डि एन्ड एन जेभी विरूद्ध मुद्दा दर्ता गराइएको अख्तियारको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

२०७७र०७८ को स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति तथा कार्यक्रम अनुसार औरही गाउँपालिका(२ स्थित देउरी परवाहामा १५ शय्याको अस्पातल निर्माण गर्ने योजना बनेको थियो।

उनका अनुसार अस्पताल निर्माणका लागि २४ करोड ४३ लाख ५२ हजार ६५० बराबरको लागत अनुमान गरिएको थियो। सोही योजनाअनुसार २०७८ वैशाख १७ गते बोलपत्र पेस गर्न पहिलोपल्ट आह्वान गरिएको थियो।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *