महालेखाद्धारा शुन्य वेरुजु ल्याउने काभ्रेको महाभारत गाउँपालिका सम्मानित, ७ प्रदेशका ७ पालिकालाई पनि सम्मान

 महालेखाद्धारा शुन्य वेरुजु ल्याउने काभ्रेको महाभारत गाउँपालिका सम्मानित, ७ प्रदेशका ७ पालिकालाई पनि सम्मान

काठमाण्डौं, असार १६–
महालेखापरीक्षकको कार्यालयले आफ्नो ६७औं वार्षिक उत्सवका अवसरमा शुन्य वेरुजु ल्याउने काभ्रेको महाभारत गाउँपालिकालाई सम्मान गरेको छ । आफ्रनो स्थापना दिवसको विशेष समारोहबीच सुन्य वेरुजु ल्याउने महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाला जिम्बाले उक्त सम्मान पत्र ग्रहण गर्नुभएको हो । कार्यक्रमका प्रमुख आतिथी सभामुख देवराज घिमिरेले उक्त सम्मान पत्र प्रदान गर्नुभएको थियो ।
सम्मानित भएपछि प्रतिक्रिया दिँदै पालिका अध्यक्ष जिम्बाले आफुहरुले नीति, विधि, ऐन, कानुन र पद्धतिमा आधारित रहेर कार्य गरेका कारण यो सम्भव भएको बताउनुभयो । उहाँले महाभारतमा काम गर्ने क्रममा साथ सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन समेत गर्नुभयो ।

उत्सवको अवसरमा लेखापरीक्षण र व्यवस्थापनमा उत्कृष्ट कार्य सम्पादन गर्ने १० जना कर्मचारीलाई पुरस्कार प्रदान गरिएको थियो । साथै, अन्तर्राष्ट्रिय पेशागत विषयहरूमा अध्ययन गरी सफलता हासिल गर्ने कर्मचारीलाई प्रमाणपत्र प्रदान गरिएको थियो।

वित्तीय पारदर्शिता र सुशासन प्रवर्द्धनमा योगदान पु¥याउने सञ्चारकर्मी सागर पण्डितलाई पनि पुरस्कृत गरिएको थियो।
त्यसैगरी, बेरूजु न्यून देखिएको र फर्स्यौट कार्य प्रभावकारी रूपमा सम्पादन गर्ने स्थानीय तहहरुमध्ये प्रदेशगत रूपमा कोशीको सोलुदुधकुण्ड नगरपालिका, मधेशको ईशनाथ नगरपालिका, बागमतीको मण्डनदेउपुर नगरपालिका, गण्डकीको अन्नपुर्ण गाउँपालिका, लुम्बिनीको पाणिनी गाउँपालिका, कर्णालीको त्रिवेणी गाउँपालिका र सुदूरपश्चिमको पञ्चदेवल विनायक नगरपालिका प्रशंसा पत्र प्राप्त गर्ने स्थानीय तह बनेका छन्।

कार्यक्रममा सन् २००६ सालदेखि सरकारी सेवामा रहेर २०४३ सालमा सेवानिवृत्त भएका पूर्व उपमहालेखापरीक्षक रामप्रसाद श्रेष्ठलाई दीर्घजीवी लेखापरीक्षण सेवा सम्मान प्रदान गरिएको थियो।

समारोहमा संवैधानिक निकायका प्रमुखहरू, मुख्यसचिव, प्रधानसेनापति, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार, सचिवहरू, सुरक्षा निकाय प्रमुखहरू, लेखा तथा अडिट क्षेत्रका संघ(संस्थाका प्रतिनिधिहरू, कर्मचारी तथा पूर्वकर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *