महालेखापरीक्षकको कार्यालयको ६७औं वार्षिक उत्सव सम्पन्न, उत्कृष्ट कर्मचारी र संस्थालाई सम्मान
काठमाण्डौं, असार १५ –
महालेखापरीक्षकको कार्यालयले आफ्नो ६७औं वार्षिक उत्सव विशेष समारोहबीच सम्पन्न गरेको छ। कार्यक्रममा प्रमुख आतिथी सभामुख देवराज घिमिरेले सुशासन प्रवद्र्धन गर्न सबैभन्दा पहिले आर्थिक अनुसाशान आवश्यक रहेको बताउनुभयो ।
उहाँले महालेखाका प्रतिवेदनमाथी छलफल हुने संसदको सार्वजनिक लेखा समितिमा उच्च महत्वकासाथ महालेखाको प्रतिवेदनमाथी छलफल गरि आवश्यक कदम चाल्न सके वर्तमान बेरुजु धेरै कम गर्न सकिने धारणा राख्नुभयो ।
यसैगरी कार्यक्रममा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले महालेखाको कामले आर्थिक अनुसाशनमा ठूलो सहयोग पुगेको धारणा राख्नुभयो । उहााले आर्थिक अनुशासन र राज्यको भूमिका प्रति आफ्नो धारणा राख्नुभएको थियो ।
महालेखा परिक्षक तोयम रायाले महालेखा परिक्षकको कार्यालय सुशासनलाई मुख्य केन्द्रमा राखेर आर्थिक अनुसाशनका विषयमा देखिएका कमिकमजोरी सुधारमा लागेको बताउनुभयो । उहाँले लेखा परिक्षण्को कामलाई विधि, पद्धती र सिद्धान्तमा आधारीत बनाईन वास्तविकता केन्द्रीत गर्ने कार्यमा आफुहरु लागिरहेको धारणा राख्नुभयो ।
उत्सवको अवसरमा लेखापरीक्षण र व्यवस्थापनमा उत्कृष्ट कार्य सम्पादन गर्ने १० जना कर्मचारीलाई पुरस्कार प्रदान गरिएको थियो । साथै, अन्तर्राष्ट्रिय पेशागत विषयहरूमा अध्ययन गरी सफलता हासिल गर्ने कर्मचारीलाई प्रमाणपत्र प्रदान गरिएको थियो।
वित्तीय पारदर्शिता र सुशासन प्रवर्द्धनमा योगदान पु¥याउने सञ्चारकर्मी सागर पण्डितलाई पनि पुरस्कृत गरिएको थियो। यस्तै, आर्थिक वर्ष २०८०/८१ मा बेरूजु शून्य देखिएको काभ्रेको महाभारत गाउँपालिकालाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

त्यसैगरी, बेरूजु न्यून देखिएको र फर्स्यौट कार्य प्रभावकारी रूपमा सम्पादन गर्ने स्थानीय तहहरुमध्ये प्रदेशगत रूपमा कोशीको सोलुदुधकुण्ड नगरपालिका, मधेशको ईशनाथ नगरपालिका, बागमतीको मण्डनदेउपुर नगरपालिका, गण्डकीको अन्नपुर्ण गाउँपालिका, लुम्बिनीको पाणिनी गाउँपालिका, कर्णालीको त्रिवेणी गाउँपालिका र सुदूरपश्चिमको पञ्चदेवल विनायक नगरपालिका प्रशंसा पत्र प्राप्त गर्ने स्थानीय तह बनेका छन्।
कार्यक्रममा सन् २००६ सालदेखि सरकारी सेवामा रहेर २०४३ सालमा सेवानिवृत्त भएका पूर्व उपमहालेखापरीक्षक रामप्रसाद श्रेष्ठलाई दीर्घजीवी लेखापरीक्षण सेवा सम्मान प्रदान गरिएको थियो।

समारोहमा संवैधानिक निकायका प्रमुखहरू, मुख्यसचिव, प्रधानसेनापति, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार, सचिवहरू, सुरक्षा निकाय प्रमुखहरू, लेखा तथा अडिट क्षेत्रका संघ(संस्थाका प्रतिनिधिहरू, कर्मचारी तथा पूर्वकर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा उपस्थिती सबैलाई उपमहालेखापरीक्षक वैकुण्ठ बहादुर अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो।
