धनुषामा ५ सय जना सहकारीकर्मीहरुको सहभागितामा एक दिने आम प्रशिक्षण सम्पन्न

 धनुषामा ५ सय जना सहकारीकर्मीहरुको सहभागितामा एक दिने आम प्रशिक्षण सम्पन्न

धनुषामा ५ सय जना सहकारीकर्मीहरुको सहभागितामा एक दिने आम प्रशिक्षण तथा सहकारी जागरण सभा सम्पन्न भएको छ ।
साना किसान विकास लघुवित्त वित्रीय संस्था लि. र नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. को आयोजनामा भएको कार्यक्रममा जिल्ला कृषि सहकारी संघ धनुषाले सम्प्ूर्ण व्यवस्थापन गरेको थियो ।

विभिन्न २९ वटा संस्थाबाट करिब ५०० जना सञ्चालक, लेखा सुपरिवेक्षक, कर्मचारीहरुको सहभागितामा सहकारी आम प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा अध्यक्ष खेम बहादुर पाठकले प्रशिक्षण गर्नुभएको थियो ।

राष्ट्रिय सहकारी संघका नाथुराम यादव, नेपाल कृषि सहकारी केन्द्रीय संघका संचालक रामकुमार महतो तथा साना किसान विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत डा। शिवराम काईरालाको उपस्थिती रहेको थियो ।
कार्यक्रम जिल्ला संघ धनुषाका अध्इक्ष धुव्र यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *