नेपालमा पर्यटनको सम्भावना पहिचान गर्दै अर्थतन्त्र चलायमान बनाउनुपर्छ : अर्थमन्त्री पौडेल
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालका हरेक क्षेत्र पर्यटनसंग जोडिन सक्ने र त्यस्ता क्षेत्रको प्रचार प्रचार गरी आयआर्जन बढाउन सकिने बताउनुभएको छ ।
अर्थतन्त्र डटकमको अर्थतन्त्र दशक जर्नल सार्वजनिक तथा पर्यटनमा बजेट प्राथमिकता, कार्यान्वयन र उपलब्धीबारे अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री पौडेलले हिमाल, पहाड र तराईका हरेक क्षेत्रमा सम्भावना बोकेको पर्यटकीइ स्थानहरु रहेको र त्यस्ता स्थानको प्रचार प्रसार गर्दै पर्यटकहरुलाई जोडन सके अर्थतन्त्र पनि चलायमान बनाउन सकिने दावी गर्नुभयो ।
नेपालको समृद्धिका लागि धेरै सम्भावना रहेको भन्दै उहाँले नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेको बताउनुभयो । उपप्रधानमन्त्री पौडेलले पर्यटनका सम्भावनालाई विश्व वजारमा प्रचार प्रसार गरी नेपालको पर्यटन सम्भावनालाई आयआर्जनसंग जोड्नुपनेृमा जोड दिनुभयो ।
कार्यक्रमका विशेष अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले पर्यटनसम्बन्धी योजना बनाउँदा कार्यान्वयनमै अवरोध आउने गरी कानुनी जटिलता हुने गरेको उल्लेख गर्दै योजना अघि बढाउनु अघि सम्बन्धित नियामक निकायहरूसँग छलफल जरुरी हुने बताउनुभयो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा।डा। शिवराज अधिकारीले पर्यटकहरू नेपालमा ‘अनुभवका लागि’ आउने भएकाले पदमार्ग, ग्रामीण पर्यटन र स्थानीय पूर्वाधारलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा पूर्व अर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले भारतसँग खुला सिमाना र सांस्कृतिक सामीप्य रहेको नेपालमा उचित योजना, पूर्वाधार र प्रचारमार्फत एक करोड पर्यटक सहजै भित्र्याउन सकिने धारणा राख्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले पर्यटन क्षेत्रको प्रवद्र्धनमा सञ्चार क्षेत्रको अहम भुमिका रहेको बताउनु भयो
त्रिभुवन विश्वविद्यालय, सेडा ९ऋभ्म्ब्० का प्रा।डा। रामकुमार फुयाँलले प्रस्तुत गरेको कार्यपत्रमा पर्यटन बजेटको प्रवृत्ति, कार्यान्वयन चुनौती र नतिजाको विश्लेषण गरिएको थियो । उक्त कार्यपत्रमा पर्यटन मन्त्रालयका सहसचिव इन्दु घिमिरे, नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटा, अर्थ मन्त्रालयका उपसचिव निरन भट्टराई र पर्यटन विज्ञ डा। आलोक प्रसाईले टिप्पणी प्रस्तुत गर्नुभएको थियो।
