रुपन्देहीका ५ सय सुकुम्बासी परिवारले एकसाथ पाए लालपुर्जा

रुपन्देही । रुपन्देहीको कञ्चन गाउँपालिकाका करिब पाँचसय परिवारले एकसाथ लालपुर्जा प्राप्त गरेका हुन्।
आइतबार रुपन्देहीमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले कञ्चन–५, गरगरेका बासिन्दालाई भूमि समस्या समाधान आयोगका केन्द्र र जिल्ला नेतृत्व एवम् मालपोतका सम्बन्धित अधिकारीहरुको रोहबरमा लालपुर्जा वितरण गर्नुभएको हो।
लालपुर्जा बितरण गर्दै मन्त्री पौडेलले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानमा कन्चन गाउँपालिका रुपन्देहीमै पहिलो बनेको बताए छन।
काँग्रेस–एमाले गठबन्धनको सरकार आगामी २०८४ सम्मै रहने भन्दै उनले त्यतिबेलासम्म मुलुकभरिका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित जग्गाधनीलाई प्रमाण पुर्जा दिने कार्य सम्पन्न गरिने धारणा पनि प्रस्तुत गर्नुभयाे।
अर्थ मन्त्री पौडेलले देशलाई समृद्ध बनाउदै नागरिकलाई सुखी बनाउने लक्ष्यका साथ सरकार अघि बढेकाले यसमा सवैले साथ दिनुपर्ने भन्दै उहाँले समाजमा एकथरी मान्छेहरु नकारात्मक बिचार छर्न क्रियाशिल रहेको भन्दै त्यस्ता सोचको पछि नलाग्न आग्रह समेत गर्नु भएको छ ।