त्रिवि अध्यागमन कार्यालयले शुरू गर्‍यो डिजिटल सेवा गुनासो कम हुने कार्यालयका प्रमुख कोइरालाको भनाई

 त्रिवि अध्यागमन कार्यालयले शुरू गर्‍यो डिजिटल सेवा गुनासो कम हुने कार्यालयका प्रमुख कोइरालाको भनाई

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले डिजिटल प्रविधिमार्फत कार्यप्रणालीमा सुधार, पारदर्शी प्रक्रियाको प्रवद्र्धन र दक्ष जनशक्ति परिचालन गरी गुनासोरहित सेवा शुरू गरेको हो ।

अध्यागमन कार्यालयले आफ्नो सेवाको बारेमा जानकारी दिन अनलाइन सर्भे फारम भर्ने कार्यको सुरुवात गरेको छ । सेवा प्रवाहलाई चुस्त बनाउन भारतीय र चिनियाँ पर्यटकलाई छुट्टै डेक्सको व्यवस्था गरेको छ । त्यसै गरी मुस्कानसहित सेवा दिन हरेक डेक्समा बस्ने अधिकृतका लागि आन्तरिक आचारसंहिता तयार गरेको छ ।

आधुनिक पूर्वाधारको अभाव, समसामयिक कानुनी संरचना नहुनु र दक्ष एवं उच्च मनोबलयुक्त जनशक्तिको असीमितताका कारण गुनासो बढेको थियो । त्यसलाई निराकरण गर्न कार्यालयले गुनासोरहित व्यवस्थित सेवा शुरू गरेको जनाएको छ । कार्यालयका प्रमुख विष्णुप्रसाद कोइरालाले सबै प्रकारको गुनासो संकलन र विश्लेषण गरी गुनासोरहित सेवा शुरू गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो– ‘थुप्रै समस्या देखिएका छन्, क्रमैसँग समाधान गरी चरणबद्ध योजना तयार पारी कार्यान्वयन गरिरहेका छौं । विमानस्थलमा नेपाली पोर्टमा देखिएको प्रणालीगत अवरोध, भिजिट भिसामा देखिएको प्रक्रियागत असंगतिले सेवा प्रवाहमा जटिलता थप्नुको साथै सेवासम्बन्धी गुनासो बढेपछि त्यसलाई सुधार गर्दै गुनासोरहित सेवा आरम्भ गरेको कार्यालयले जनाएको छ ।
कार्यालयले शिक्षा मन्त्रालयले उपलब्ध गराउने एनओसीलाई अध्यागमन अनलाइन पोर्टलमा जोडेको छ ।

विदेश अध्ययन गर्न जाने विद्यार्थीले लिएको एनओसी प्रमाणपत्र विमानस्थलको पोर्टलमा लिंक गरिएको छ । अर्थात् विद्यार्थीले गन्तव्य राष्ट्र प्रस्थान गर्नुअघि विमानस्थालमा एनओसी लेटर देखाउँदा कार्यालयले डिजिटल र फिजिकल भेरिफाइ गर्नेछ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *