देशभरबाट सर्वोत्कृष्ट सहकारी संस्था बन्यो ताराताल साना किसान (भिडियो सहित)
काठमाण्डौ ।
देशभरबाट सर्वोत्कृष्ट सहकारी संस्था बर्दियाको ताराताल साना किसान कृषि सहकारी संस्था लि. बन्न सफल भएको छ ।
साना किसान विकास लघुवित्त वित्तीय संस्थाले आफ्नो २४ औँ वार्षिकोत्सवको अवसरमा बर्दियाको मधुवन नगरपालिकामा रहेको ताराताल साना किसान कृषि सहकारी संस्था सर्वोत्कृष्ट संस्थाका रुपमा पुरस्कृत गरेको हो ।
साना किसान विकास लघुवित्त वित्तीय संस्थामाको सञ्जालमा रहेका करिव १२ सय संस्थाहरु मध्येबाट सर्वोउत्कृष्ट संस्थाका रुपमा ताराताल साना किसान कृषि सहकारी संस्थालाई पुरस्कृत गरिएको हो ।
सहकारी क्षेत्रमा समस्या आइरहेको समयमा तारातालले आफ्नो व्यवसाय विस्तार, सदस्यहरुलाई लाभान्स वितरण, आय आर्जनका कार्यक्रमहरु, साना तथा लघु उद्यम सञ्चालन लगायतका कार्यमा सदस्यहरुलाई सहयोग गर्दै आइरहेको छ ।
पुरस्कृत भइसकेकपछि संक्षिप्त मन्तव्य राख्दै संस्थाका मुख्य प्रवन्धक डम्बर केसीले आफुहरुले सुशासन र पारदर्शीतालाई उच्च महत्वका साथ अगाढि बढाएकै कारण संस्था पुरस्कृत हुन सफल भएको बताउनुभयो ।
यसैगरी उहाँले संस्था राम्रो हुन सदस्यहरुले संस्था मेरो हो भन्ने भावनाको विकास गराउनुपर्नेमा जोड दिनुभयो ।
उहाँलले संस्थाका सेयर सदस्य, सञ्चालक, कर्मचारी र विभिन्न सहयोगी संघसंस्थाहरुको साथ सहयोग र प्रतिवद्धताले यो अवस्थासम्म आइपुगेको बताउनु भयो ।
२०५४ सालमा २९ सय सेयरबाट सुरु भयको यस संस्थामा अहिले १ अर्ब १५ करोडको सम्पक्ति पुगेको छ । ९२ करोड लगानीमा रहेको संस्थाको ५२ करोड निक्षेप र ७ करोड सेयर रहेको छ ।
तारातालका ३८ सय घरधुरी संस्थामा सेयर सदस्यका रुपमा आवद्ध हुनुहुन्छ । यसमा ८२ प्रतिशत महिलाको सहभागिता रहेको छ ।
संस्थाले १६ प्रतिशत लाभान्स बरावरको ९१ लाख रुपैँया र संरक्षित पूँजी कोष अन्तर्गतको ५१ लाख वितरण गरेको छ ।
संस्थाले कृषि उपज समर्थन मूल्यमा कृषि उत्पदन खरिदविक्रि कारोवार, विज वृद्धि कार्यक्रम, रासायनीक मल, पशुवीमा कार्यक्रम सञ्चालन गरिरहेको छ ।
संस्थाले सस्तो व्याजदरमा मासुजन्य कर्जा प्रवाह गरिरहेका र उत्पादन भएका पाडा, खसीबोका र बुंगुर नेपाल सहित चीन सम्म बजारीकरण गरिरहेको छ ।
किसानहरुलाई उत्पादन र उत्पादकत्व बढाउन प्रोत्साहित गर्दै मूल्य श्रृखलामा जोड्न संस्थाले आफ्नै उद्योग स्थापना गर्ने तयारीका साथ जग्गा व्यवस्थापन गरिसकेको छ ।
यसैगरी वार्षिकोत्सवका अवसरमा संस्थाले देशभरबाट उत्कृष्ट शाखा कार्यालयका रुपमा शाखा कार्यालय नेपालगञ्ज, लघुवित्त वित्तीय संस्थास्तरको उत्कृष्ट व्यावसायीक साझेदार संस्था, मतृभुमी लघुवित्त वित्तीय संस्था उत्कृष्ट साझेदार संस्थाका रुपमा र भगवती कालापानी साना किसान कृषि सहकारी संस्था लि. काभ्रेलाई पुरस्कृत गरिएको थियो । साथै संस्थाले संस्थका कार्यालय सहयोगी मध्येबाट ठाकुर श्रेष्ठ र सवारी चालकमध्येबाट गुण बहादुर गिदेललाई पुरस्कृत गरेको थियो ।