रसुवामा बाढीले पुर्याएको क्षति अवलोकन गर्न प्रधानमन्त्री ओलीको टोली स्थलगत निरीक्षणमा

 रसुवामा बाढीले पुर्याएको क्षति अवलोकन गर्न प्रधानमन्त्री ओलीको टोली स्थलगत निरीक्षणमा

रसुवा — सोमबार राति रसुवामा आएको बाढी र पहिरोले ठूलो क्षति पुर्याएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ। प्रधानमन्त्रीसँगै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र ऊर्जा मन्त्री दीपक खड्का समेत निरीक्षणमा सहभागी हुनुहुन्थ्यो।

बाढीले रसुवागढी भन्सार क्षेत्र र वरपरका पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ। सरकारी टोलीले उद्धार, राहत र पुनर्निर्माणका कामलाई प्रभावकारी बनाउन आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाएको छ।

तस्बिर: दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवालय

   

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *