त्रिविको उपकुलपतिमा दिपक अर्याल नियुक्त 

 त्रिविको उपकुलपतिमा दिपक अर्याल नियुक्त 

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा।डा दिपक अर्याल नियुक्त भएका छन् ।
कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्याललाई नियुक्त गर्नु भएको हो ।

शिक्षामन्त्री रघुजी पन्तको अध्यक्षतमा गठित सिफारिस समितिले दिपक अर्याल, खड्ग केसी र प्रा।डा। विनिल अर्यालको नाम सिफारिस गरेको थियो ।

तीन जनामध्येबाट कुलपति ओलीले अर्याललाई नियुक्त गरेका हुन् ।

अर्याल जल तथा मौसम विज्ञान केन्द्रीय विभागका पूर्वप्रमुख हुन् ।

१५ चैतमा प्रा.डा.केसरजंग बरालले राजीनामा दिएपछि त्रिविमा उपकुलपति पद रिक्त भएको थियो ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *