सुनचाँदी व्यवसायीको र्याली र कोणसभा: कर नीतिको विरोधमा व्यवसायीको एकता प्रदर्शन

काठमाडौं, असार २४ – नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघको आयोजनामा बुधबार राजधानी काठमाडौंमा भव्य र्याली र कोणसभा सम्पन्न भएको छ।
व्यवसायीहरूले करको बोझ, सरकारी नीतिगत जटिलता र व्यवसायमैत्री वातावरणको माग गर्दै आफ्नो आवाज बुलन्द गरेका हुन्।
न्युरोडस्थित जुद्धशालिकबाट सुरु भएको र्याली इन्द्रचोक, जनवहाल, असन, कमलाछी, विश्वज्योति, जमल, घण्टाघर, भद्रकाली, सहिद गेट, न्युरोड गेट हुँदै पुनः जुद्ध शालिकमा पुगेर पुरानो नगरपालिकामा कोणसभामा परिणत भयो।
कोणसभामा महासंघका पदाधिकारी तथा व्यवसायी प्रतिनिधिहरूले सरकारले व्यवसायमैत्री कर नीति ल्याउनुपर्ने, सुनचाँदी व्यवसायलाई थप व्यवस्थित गर्नुपर्ने र अवैध कारोबार नियन्त्रणमा प्रभावकारी कदम चाल्नुपर्ने माग गरे।
कार्यक्रममा सयौं व्यवसायी सहभागी थिए, जसले ‘हाम्रो व्यवसाय, हाम्रो अधिकार’, ‘अत्यधिक कर, व्यवसायीको हत्या’ जस्ता नारा समेत लगाए।
📸 तस्बिर: सफल प्रकाश श्रेष्ठ नेपाल फोटो लाइब्रेरी