घट्यो मधेशको फ्रिज बजेट, ७१ प्रतिशत खर्च चालु आर्थिक २०८१०८२ मा मधेश सरकारको ७१ प्रतिशत बजेट खर्च भएको छ । २८।५२ प्रतिशत बजेट मात्र फ्रिज भएको छ । गत आव २०८०८१ मा ५५।७५ प्रतिशत बजेट फ्रिज भएको थियो ।

 घट्यो मधेशको फ्रिज बजेट, ७१ प्रतिशत खर्च चालु आर्थिक २०८१०८२ मा मधेश सरकारको ७१ प्रतिशत बजेट खर्च भएको छ । २८।५२ प्रतिशत बजेट मात्र फ्रिज भएको छ । गत आव २०८०८१ मा ५५।७५ प्रतिशत बजेट फ्रिज भएको थियो ।

 जनकपुरधाम । चालु आर्थिक २०८१०८२ मा मधेश सरकारको ७१ प्रतिशत बजेट खर्च भएको छ ।

अन्तिम भुक्तानी अवधि असार २५ गते रातिसम्म चालु र पुँजीगत गरी ७१।४८ प्रतिशत बजेट खर्च भएको मधेश सरकारको अर्थ मन्त्रालयले जनाएको छ ।

मधेश सरकारले चालु आवका लागि ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रुपैयाँको बजेट ल्याएको थियो । पुँजीगत र चालु गरी ३१ अर्ब ३७ करोड ५२ लाख ४३ हजार बजेट खर्च भएको छ । यो कुल बजेटको ७१।४८ प्रतिशत हो ।पुँजीगततर्फ २८ अर्ब ६१ करोड २० लाख ७४ हजार बजेट रहेकोमा २१ अर्ब ४९ करोड ७९ लाख ३१ हजार खर्च भएको अर्थ सचिव रामकुमार महतोले जानकारी दिए । यो पुँजीगत बजेटको कुल ७५।६४ प्रतिशत हो ।

यस्तै चालुतर्फ १५ अर्ब २८ करोड ९६ हजार बजेट रहेकोमा ९ अर्ब ८७ करोड ७३ लाख १२ हजार खर्च भएको हो । यो कुल चालु खर्चको ६४।६४ प्रतिशत हो ।यो खर्च विगत आवको तुल्नामा अहिलेसम्मकै उच्च हो । यस चालु आवमा २८।५२ प्रतिशत बजेट मात्र फ्रिज भएको छ ।

गत आ।व। २०८०८१ मा ५५।७५ प्रतिशत बजेट फ्रिज भएको थियो । ४४ अर्ब ११ करोड ४६ लाख रुपैयाँको बजेटमा २४ अर्ब ५९ करोड ४५ लाख मात्र खर्च भएको थियो ।चालुतर्फ १८ अर्ब ५३ करोड ८८ लाख विनियोजन गरेकोमा ९ अर्ब २९ करोड ७० लाख खर्च र पुँजीगत तर्फको २५ अर्ब ५७ करोड ५७ लाखमध्ये १५ अर्ब २९ करोड ७५ लाख रुपैयाँ खर्च भएको थियो ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *