राष्ट्र बैंकले मौद्रिक नीति १२: २० बजे आज नै सार्वजनिक गर्दै

 राष्ट्र बैंकले मौद्रिक नीति १२: २० बजे आज नै सार्वजनिक गर्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने तयारी गरेको छ । शुक्रबार नै सञ्चालक समिति (बोर्ड) बैठकले मौद्रिक नीति पारित गरी १२ः २० बजे आगामी आर्थिक वर्ष २०८२८३ को लागि मौद्रिक नीति सार्वजनिक गर्न लागेको राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितले जानकारी दिए ।

उनका अनुसार १२ः २० बजे नेपाल टेलिभिजन र बैंकको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिनेछ । सञ्चालक समितिले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा गर्दै पारित गरेको छ ।

अन्तर्राष्ट्रिय आर्थिक परिदृश्य र देशको वर्तमान आर्थिक अवस्था तथा चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा गर्दै नयाँ मौद्रिक नीति सार्वजनिक गर्न लागेको छ ।

सम्भवतः राष्ट्र बैंकले पहिलो पटक आर्थिक वर्ष सुरु नभई असारको अन्तिम साता मौद्रिक नीति ल्याउन लागेको छ । मौद्रिक नीति आर्थिक वर्ष सुरु भएपछि साउनको पहिलो साता जारी गर्ने तयारी थियो । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल गभर्नर भएपछिको पहिलो मौद्रिक नीति ल्याउन लागेका हुन् ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *