भोलिदेखि ट्रेड टावरको कारोबार सुरु हुने,ट्रेड टावरको सेयर सूचीकृत, कतिमा होला पहिलो कारोबार ?
काठमाडौँ —ट्रेड टावरको सेयर दोस्रो बजारमा सूचीकृत भएको छ । कुल ८१ लाख ५६ हजार ९७ कित्ता सेयर सूचीकृत भएको हो ।
जसमा सर्वसाधारण सेयरधनीमा वितरण गरिएको ३९ लाख ७१ हजार ६९३ कित्ता ९४८।६९ प्रतिशत० र संस्थापक सेयरधनीको ४२ लाख ८४ हजार ४०४ कित्ता सेयर ९५१।३०४ प्रतिशत० सूचीकृत भएको हो ।
सो सेयर भोलि बुधबारदेखि कारोबारमा आउने छ । भोलिको पहिलो कारोबारका लागि १२३ रुपैयाँ ९ पैसादेखि अधिकतम ३६९ रुपैयाँ २७ पैसासम्म तोकिएको छ ।
यो सीमाको पहिलो कारोबारपछि मूल्य १० प्रतिशत बढ्न वा घट्न सक्नेछ । कम्पनीको कोड नाम टीटीएल रहेको छ ।
