मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित ३ जना २४ लाख घुससहित पक्राउ

 मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित ३ जना २४ लाख घुससहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।

भक्तपुर चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी चार आना जग्गा मोही र तलसिङको लगत कट्टा गरी सो जग्गा मोहीको नाममा जग्गाधनी प्रमाणपुर्जा बनाउने प्रयोजनार्थ रु २४ लाख ५० हजार घुस माग गरेको उजुरीका आधारमा  नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

उनले भने “जग्गा मोही र तलसिङको लगत कट्टा गरी सो जग्गा मोहीको नाममा जग्गा धनी प्रमाणपुर्जा बनाउने प्रयोजनार्थ उक्त रकम घुस माग गरेको उजुरी निवेदनको आधारमा निजहरूलाई नियन्त्रणमा लिइएको हो ।”

आयोगको टङ्गालबाट खटिई गएको टोलीले कार्यालय प्रमुखकुमार आचार्यको साथबाट मोबाइल डिभाइस दुई थान र भूमिसुधार शाखाका नायब सुब्बा दीपकप्रसाद अधिकारीको साथबाट मोबाइल एक थान तथा कार्यालय सहयोगी टीकाराम राउतको साथबाट मोबाइल एक थानसहित घुस रकम रु २४ लाख ५० हजारसमेत कार्यालयको परिसरबाट आज नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता पौडेलले बताउनुभयो ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *