काठमाडौं महानगरपालिकाको छात्रवृत्तिका लागि १६,१३७ विद्यार्थीले भरे फर्म, यसरी डाउनलोड गर्नुस प्रवेश पत्र

 काठमाडौं महानगरपालिकाको छात्रवृत्तिका लागि १६,१३७ विद्यार्थीले भरे फर्म, यसरी डाउनलोड गर्नुस प्रवेश पत्र

काठमाडौं – काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२र०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि आयोजित प्रवेश परीक्षामा १६,१३७ जना विद्यार्थी छनोट हुनुभएको छ। देशभरका ७७ जिल्लाबाट प्राप्त कुल १७,२२९ आवेदनमध्येबाट यी विद्यार्थीहरू छनोट हुनुभएको हो ।

पहिचान खुल्ने नागरिकता वा जन्मदर्ता, सार्वजनिक विद्यालयबाट अध्ययन गरेको भए सो को प्रमाण, संस्थागत विद्यालयमा अध्ययन गरेको भए छात्रवृत्तिमा पढेको, अथवा काठमाडौँ महानगरपालिकामा स्थाई बसोबास भएको प्रमाण संग्लग्न नभएका १०९२ आवेदन अस्वीकृत भएका हुन्।

शिक्षा विभागका अनुसार छनोट भएका विद्यार्थीहरूमा विज्ञान संकायका लागि ११,५९०, व्यवस्थापन संकायका लागि ४,१६४, मानविकी संकायका लागि ३२, शिक्षा संकायका लागि ९५ र कानुन संकायका लागि २५६ जना समावेश हुनुहुन्छ । छनोट हुनु भएका विद्यार्थीहरूलाई इमेल र फोनमार्फत सूचना पठाइसकिएको छ।

प्रवेश पत्र डाउनलोड प्रक्रिया
छनोट भएका विद्यार्थीहरूले काठमाडौं महानगरपालिकाको आधिकारिक वेबसाइट https://entrance.kathmandu.gov.np/  मा गएर “एडमिट कार्ड” विकल्पमार्फत आवश्यक विवरण भरेर प्रवेश पत्र डाउनलोड गर्न सकिने छ। प्रवेश पत्रमा परीक्षा केन्द्र, मिति र समयसम्बन्धी जानकारी समावेश हुनेछ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *