तीन महिनाका लागि मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौँ । सरकारले मधेस प्रदेशलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
वातावरणीय असन्तुलनका कारण समयमा वर्षा नहुँदा धान रोपाइँमा समस्या उत्पन्न भएको र धान रोपिएका खेतमा पनि धाँजा फाट्न थालेको अवस्थालाई दृष्टिगत गर्दै संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो ।
यस्तै उपभोग आवश्यक मात्रामा वर्षा नहुँदा प्रदेशको विभिन्न जिल्लामा खानेपानीको समेत सङ्कट उत्पन्न भएको छ । यसअघि मधेस प्रदेश सरकारले पनि प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।