नेपालमा विद्युतीय फोहोर व्यवस्थापनबारे एकदिने कार्यशाला सम्पन्न (भिडियो सहित)
काठमाण्डौ । नेपालमा विद्युतीय फोहोर व्यवस्थानबारे एकदिने कार्यशाला सम्पन्न भएको छ ।
डोको रिसाइकलर्स प्रा. लि. र प्राक्टिकल एक्सन नेपालको संयुक्त आयोजनामा सम्पन्न कार्यशालामा विद्युतीय खाना पकाउने उपकरण जस्तै : induction cook top, electric pressure cooker लगायतका विद्युतीय फोहर व्यवस्थापनबारे एक अध्ययन प्रतिवेदन समेत सार्वजनिक गरिएको थियो ।
कार्यशालामा डोको रिसाइकलर्स र प्राक्टिकल एक्सन नेपालले संयुक्त रूपमा तयार पारेको अनुसन्धान प्रतिवेदन सम्वन्धित सरकारी निकाय—वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, वातावरण विभाग र सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो ।
प्रतिवेदन हस्तान्तरण गर्दै डोको रिसाइकलर्सका प्रमुख कार्यकारी अधिकृत पंकज पञ्जियारले EPR प्रणालीले विद्युतीय फोहर व्यवस्थापनमा दीर्घकालीन सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो : हामी यो प्रक्रियालाई सरकारी नेतृत्वमा अघि बढाउन पूर्ण सहकार्य गर्न तयार छौं ।
नेपालमा पाइलट परियोजना प्रारम्भ गरिने र प्राप्त सुझावका आधारमा EPR प्रणालीलाई राष्ट्रव्यापी रूपमा कार्यान्वयन गर्न नीति तर्जुमा गरिने बताइएको छ ।
यो कार्यक्रम विद्युतीय फोहर व्यवस्थापनतर्फ नेपालले चालेको नीति निर्माणको महत्वपूर्ण प्रारम्भिक प्रयासका रूपमा हेरिएको छ ।
डोको रिसाइकलर्सका प्रमुख कार्यकारी अधिकृत पंकज पञ्जियारले कार्यक्रममा बोल्दै नेपालमा यस बारेमा दीर्घकालीन नीतिहरूको आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा विभिन्न सरकारी सयन्त्रका प्रतिनिधि, अनुसन्धानकर्ता, विद्यार्थी, पत्रकार, लगायतको सहभागिता रहेको थियो ।