एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर निर्वाचित, चार राज्य संयोजक पनि चयन

 एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर निर्वाचित, चार राज्य संयोजक पनि चयन

मुक्तिराम पोखरेल, सिड्नी (अष्ट्रेलिया), जुलाई २६
गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको २०२५–२०२७ कार्यकालका लागि सन्तोष कुँवर नयाँ अध्यक्षमा निर्वाचित भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा उनले ६,८३९ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।

कुँवरका प्रतिस्पर्धीहरू मध्ये भैरव ढकालले ३,७२७ र सञ्जीव गोर्खाली ढकालले २,१२६ मत प्राप्त गरेका थिए।

सन्तोष कुँवर विगत एक दशकभन्दा बढी समयदेखि एनआरएनए अष्ट्रेलियाको विभिन्न तहमा सक्रिय रहँदै आएका छन्।

विद्यार्थीका रूपमा अष्ट्रेलिया पुगेका कुँवरले अध्ययनसँगै सामाजिक गतिविधिमा समेत आफ्नो उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन्।

अध्यक्षमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै कुँवरले “एनआरएनए अष्ट्रेलियालाई संस्थागत रूपमा थप बलियो बनाउने, प्रविधिमैत्री संरचना निर्माण, आर्थिक पारदर्शिता कायम, र सरकारी संयोजनमार्फत नेपाली समुदायलाई सेवा दिन निरन्तर क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।

चार राज्य संयोजकमा पनि नयाँ नेतृत्वको उदय
यस पटकको निर्वाचनमा एनआरएनए अष्ट्रेलियाका विभिन्न राज्य संयोजक पदमा पनि नयाँ अनुहारहरू विजयी भएका छन्।

त्रिलोचन सापकोटा – नर्दन टेरिटोरी संयोजक
अनुभवी समाजसेवी सापकोटाले स्थानीय तहमा लामो समयदेखि सक्रिय भूमिका निभाउँदै आएका छन्।

थीर बहादुर गुरुङ – साउथ अष्ट्रेलिया संयोजक
गुरुङ समुदायबीच लोकप्रिय व्यक्तित्व रहेका थीर बहादुरको जितले स्थानीय सदस्यहरूमा ऊर्जा थपेको छ।

महादेव धानुक – भिक्टोरिया संयोजक
शिक्षा र सामाजिक क्षेत्रको अनुभव बोकेका धानुकले संस्थागत समावेशिताको पक्षमा प्रतिबद्धता जनाएका छन्।

उषा किरण बारिया – न्यु साउथ वेल्स संयोजक
महिला नेतृत्वको प्रतीकका रूपमा चर्चित बारियाको जितले एनआरएनएमा लैङ्गिक सशक्तिकरणको सन्देश दिएको छ।

संस्थागत सुदृढीकरण, नेपालीहरूको अधिकार संरक्षण, र साझा पहिचान निर्माणमा नयाँ नेतृत्वको भुमिका महत्वपूर्ण हुने विश्वास गरिएको छ। नव निर्वाचित पदाधिकारीहरूलाई विभिन्न व्यक्तित्व र संस्थाहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *