तीन प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

 तीन प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

Rainy weather

काठमाडौँ, भदौ १४ – मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले आज र भोलि देशका धेरै स्थानमा वर्षा हुने संभावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्यतया बदली रहने र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुने अनुमान छ।

यससँगै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा भारी वर्षा हुने सम्भावना रहेकोले विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

आज राति पनि देशभर सामान्यतया बदली रहने र कोशी, बागमती, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। गण्डकी र सुदूरपश्चिमका पहाडी क्षेत्रका एक–दुई स्थानमा भने भारी वर्षाको जोखिम रहेको चेतावनी दिइएको छ।

महाशाखाले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बासिन्दालाई वर्षा जन्य विपद्‌ (बाढी, पहिरो, सडक अवरोध) को जोखिमलाई ध्यानमा राखी सतर्क रहन आग्रह गरेको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *