प्रधानमन्त्री ओली र भियतनामी समकक्षी चिङबीच द्विपक्षीय भेटवार्ता
थियानजिन (चीन), १५ भदौ ।
शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुन चीनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग आज द्विपक्षीय भेटवार्ता गर्नुभएको छ।
चीनको थियानजिनमा सम्पन्न उक्त भेटमा दुई मुलुकबीच आपसी सहयोग, मित्रता र साझेदारीका विषयमा छलफल भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ। दुवै पक्षले क्षेत्रीय स्थिरता, आर्थिक विकास र आपसी व्यापार–निवेश प्रवर्द्धनका विषयमा प्राथमिकतापूर्वक विचार विमर्श गरेका छन्।
प्रधानमन्त्री ओली र प्रधानमन्त्री चिङबीचको यो भेटलाई नेपाल–भियतनाम सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने अवसरको रूपमा हेरिएको छ।
