खोटाङका तीन पूर्व जिशिअसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–४ स्थित श्री लक्ष्मी माध्यमिक विद्यालय भवन निर्माणमा गम्भीर अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीनजना तत्कालीन जिल्ला शिक्षा अधिकारी (जिशिअ) सहित १३ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारका प्रवक्ता राजेश कुमार पौडेलका अनुसार विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्षको मिलेमतोमा भवनको डीपीसी मात्र तयार पारेर रकम हिनामिना गरिएको भेटिएको हो। २०७१ साल चैत २२ मा ३० लाख लागत इष्टिमेटमा भवन बनाउन सम्झौता भए पनि २४ लाख रुपैयाँ पटक–पटक निकासा गरेर काम अधुरो छाडिएको आरोप छ।
कस–कसलाई मुद्दा?
-
तत्कालीन शिक्षा अधिकारी डा. गणेश प्रसाद भट्टराई – १० लाख
-
शिक्षा अधिकारी केशव प्रसाद दाहाल र ज्ञानमणि नेपाल – जनही १४/१४ लाख
-
तत्कालीन लेखापाल सुरेश कुमार श्रेष्ठ – २४ लाख
-
सब–इन्जिनियर शिवराज राई – २४ लाख
-
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पृथ्वी दाहाल – ८ लाख
-
प्रधानाध्यापकद्वय राजेन्द्र प्रसाद दाहाल र ह्यषिराम पोखरेल – जनही ८/८ लाख
-
वर्तमान प्रधानाध्यापक नयनकुमार राई र तत्कालीन लेखापाल सीता कार्की – ५ लाख १२० रुपैयाँ
-
भवन निर्माण ठेकेदार अर्जुन तामाङ – १६ लाख
अख्तियारको दाबी
आयोगले सार्वजनिक सम्पत्तिमा हानि–नोक्सानी पुर्याउने गरी गैरकानुनी लाभ लिएको प्रमाण फेला परेकाले सबै अभियुक्तविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको जनाएको छ।
