एमाले दोस्रो विधान महाधिवेशन सम्पन्न, २९ बुँदे समसामयिक प्रस्ताव पारित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीमा सम्पन्न भएको छ ।
अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव, उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलद्वारा प्रस्तुत सांगठनिक प्रस्ताव सर्वसम्मत पारित गर्दै महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको हो ।