आज विश्वकर्मा पुजा, आफ्ना सवारी साधन र मेशिनरी सामग्री पुजा गर्ने दिन

 आज विश्वकर्मा पुजा, आफ्ना सवारी साधन र मेशिनरी सामग्री पुजा गर्ने दिन

काठमाडौँ । आज सवारी साधन, कलकारखाना र विभिन्न मेशिनरी सामग्रीको पूजाआजा गरी विश्वकर्मा पूजा मनाइएको छ ।

आजका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको मूर्ति वा तस्बिर स्थापना गरी विधिपूर्वक पूजा आराधना गर्ने प्रचलन रहेको छ ।

आज पूजा गरिएको मूर्तिलाई भोलिपल्ट नदीमा सेलाइने गरिन्छ । कलकारखानालाई विशेष रूपमा सजाएर मजदुर समेतलाई सहभागी गराएर विश्वकर्मा पूजा गरिन्छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *