समाजमा उच्छृङ्खल गतिविधि भए गृह मन्त्रालयमा जानकारी गराउन सकिने, यस्तो छ नम्बर

 समाजमा उच्छृङ्खल गतिविधि भए गृह मन्त्रालयमा जानकारी गराउन सकिने, यस्तो छ नम्बर

गृह मन्त्रालयले सहायता कक्ष स्थापना गरेको छ।

जेनजी पुस्ताले भदौ २३ र २४ गरेको प्रदर्शनपछि उच्छृङ्खल गतिविधिबारे जानकारी लिनलाई सहायता कक्षको स्थापना गरेको सूचना अधिकारी रविन्द्र आचार्यले जानकारी दिए।

यस्ता जानकारी ९८५१३६०६०३ मा फोन, मेसेज, ह्वाट्सएप, भाइबरमार्फत सम्पर्क गर्न सकिने बताएको छ।

‘समाजमा घट्ने र घट्नसक्ने उछृङ्खल गतिविधिहरू भए गरेको देखिएमा अथवा केही समस्या परेमा सहजीकरण गर्न ९८५१३६०६०२ सहितको सहायता कक्ष गृह मन्त्रालयमा स्थापना गरिएको हुँदा आफ्ना सूचना, गुनासो, सल्लाह, सुझाव उक्त नम्बरमा फोन, एसएमएस, ह्वाट्सएप, भाइबरमार्फत जानकारी गराउनुहुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *