अष्ट्रेलियामा एनसीसीद्वारा शुभकामना आदान–प्रदानसहित दशैँ कप सम्पन्न

अष्ट्रेलियन नेपाली कम्युनिटी क्लब (एएनसीसी) को आयोजनामा वडादशैँको अवसरमा अष्टलस्थित क्रेक पार्कमा विविध कार्यक्रमसहित “दशैँ कप–२०८२” सम्पन्न भएको छ।
क्लबका अध्यक्ष सुनिल पराजुलीको अध्यक्षता तथा अष्ट्रेलियाका संसद सदस्य नथान ह्यागार्टीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा शुभकामना आदान–प्रदान, फुटबल प्रतियोगिता (सकर कप), किड्स फन प्रोग्राम अन्तर्गत एथलेटिक्स दौड, फेस पेन्टिङ, आमाबुवाका लागि म्यूजिकल चेयर, घैटो फोर्ने र मनोरञ्जनात्मक राफल चिट्ठाजस्ता गतिविधि समावेश गरिएका थिए।
सो कार्यक्रम क्लबका सामुदायिक को–अर्डिनेटर कृष्ण के.सी.को संयोजन एवं समन्वयमा दुई चरणमा सम्पन्न भएको थियो। अष्ट्रल क्षेत्रमा सरोकारवाला संघ–संस्थाका प्रतिनिधि, नेपाली अभिभावक, आमा–बुवा, दाजुभाइ, दिदीबहिनी तथा बालबालिकाको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा चारवटा समूह (सगरमाथा, अन्नपूर्ण, कञ्चनजङ्गा र धौलागिरी) बीच ३ घण्टाभन्दा बढी रोचक प्रतिस्पर्धात्मक रूपमा खेल सम्पन्न भएको थियो।
जसमा अन्नपूर्णका क्याप्टेन अनिल जङ थापा, कञ्चनजङ्गाका पारस भट्टराई, धौलागिरीका क्याप्टेन तथा Sports कोअडिनेटर समिर पौडेल र सगरमाथाका निराजन श्रेष्ठले टिम क्याप्टेनको नेतृत्व लिएका थिए।
प्रतियोगितामा सगरमाथा टिमका निराजन श्रेष्ठको नेतृत्वमा रहेको समूह प्रथम भई विजेता भएको थियो। सबै खेलप्रेमी तथा अन्य गतिविधिमा उत्कृष्ट प्रदर्शन गर्ने बालबालिका तथा व्यक्तित्वहरुलाई प्रमुख अतिथि सांसद नेथान, अध्यक्ष पराजुली र मल्टि–डाइनामिकका अच्युत न्यौपानेले पुरस्कार तथा पदक वितरण गरेका थिए।
अध्यक्ष पराजुलीले आफ्नो धारणा व्यक्त गर्दै, क्लबले छोटो समयमा पनि युवाहरुलाई समेटी सामाजिक एवं परोपकारी कार्य गरेकोमा खुशी व्यक्त गर्दै कार्यक्रमको प्रशंसा गर्नुभएको थियो।
यस्तै, अर्को अतिथि न्यु साउथ वेल्थका NRNA NSW का स्टेट को–अर्डिनेटर उषा बरिया पोखरेलले क्लबले आगामी दिनमा महिला सशक्तिकरण, नेतृत्व विकाससहित सामुदायिक गतिविधिलाई अझ सबल रूपमा अगाडि बढाउन सुझाव दिनुभयो। उहाँले क्लबले हालसम्म गरेका कार्यहरूको प्रशंसा पनि गर्नुभएको थियो।
संस्थाका अध्यक्ष सुनिल पराजुलीले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने टिमका साथीहरू, मिडिया, अभिभावक समाज, प्रायोजकदाता, खेलाडी एवं अष्ट्रलवासी आमाबुवा, दाजुभाइ, दिदीबहिनीलाई विशेष धन्यवाद दिनुभयो। युवाहरू परिवर्तनका संवाहक रहेको भन्दै उहाँले युवाहरूमा भएको ज्ञान, सीप र दृष्टिकोणलाई क्लबले आफ्नो संस्कृति मार्फत एकीकृत गर्दै सामुदायिक योजना निर्माण गरी विभिन्न सरोकारवालासँग सहकार्य गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो।
यसैगरी कार्यक्रममा फेन्का न्यु साउथ वेल्थका को–अर्डिनेटर एवं आरएनएसएका अष्ट्रेलियाका संरक्षक मुक्तिराम पोखरेल सहित विभिन्न सामाजिक अगुवा एवम् अग्रजहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सफल बनाउन Rey Properties, Vibes Mortgage and Finance, 8848 Momohouse Parramatta, Top Shells Coffee and Kitchen, Epoxy Garden and Landscaping, 108Build, Delighted Tours and Travels, Multi–Dynamic, ICS Migration and Education, Maya Conveyancing, Sathi Pest Management, मीडिया पार्टनर Aaha Nepal, Nina catering, Xenxcel, HS Creations, कोच डिल खड्का लगायतका व्यक्ति तथा व्यवसायिक संस्थाले सहयोगी भूमिका खेलेका थिए।