बाँकेमा ‘छोरी उदय अभियान’ शाखा स्थापना, स्नेहा शर्मा अध्यक्ष

 बाँकेमा ‘छोरी उदय अभियान’ शाखा स्थापना, स्नेहा शर्मा अध्यक्ष

ललितपुरमा केन्द्रिय कार्यालय रहेको संस्था ‘छोरी उदय अभियान, ललितपुर’ (छोरी उदय) ले आफ्नो कार्यक्षेत्र विस्तार गर्दै बाँकेमा पनि शाखा स्थापना गरेको छ। मंगलबार नेपालगञ्जमा आयोजित विशेष कार्यक्रममा महिनावारी स्वच्छता सम्बन्धी सचेतना र प्याड वितरणसँगै बाँके जिल्ला समिति गठन गरिएको हो।

नवगठित छोरी उदय बाँके जिल्ला समिति मा अध्यक्ष स्नेहा शर्मा चयन भएकी छन्। त्यस्तै, एन्जिल अधिकारी उपाध्यक्ष, एभ्रिल अधिकारी सचिव, शिव कुमार मौर्य कोषाध्यक्ष, र सदस्यहरूमा दीक्षा छेत्री, कमल पौडेल, दिग्विजय सिंह विश्वकर्मा र सङ्गम महत रहनेछन्।

कार्यक्रममा छोरी उदयकी केन्द्रीय उपाध्यक्ष प्रेक्षा केसी विशेष उपस्थित थिइन्। कार्यक्रममा नेपालगञ्जका युवा समाजसेवी सौरब शाह ले प्याड डोनेट गरी सहयोग गरेका थिए भने नेपाल महिला राष्ट्रिय क्रिकेट टिमकी पूर्व उप-कप्तान ममता थापा ले अभियानलाई समर्थन जनाएकी थिइन्।

समितिका पदाधिकारी र सदस्यहरूले बाँकेका महिलाहरूलाई आर्थिक र सामाजिक रूपमा आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रममार्फत योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

छोरी उदय अभियानले देशभर शाखा विस्तार गर्दै स्थानीय स्तरमा तालिम, सचेतना तथा सशक्तीकरण कार्यक्रम सञ्चालन गर्ने दीर्घकालीन लक्ष्य लिएको जनाएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *