काठमाडौँबाट बाहिरिने रात्रिबसले ५ बजेभित्र नागढुंगा कटिसक्नुपर्ने

 काठमाडौँबाट बाहिरिने रात्रिबसले ५ बजेभित्र नागढुंगा कटिसक्नुपर्ने

काठमाडौँ । काठमाडौँको मुख्य नाका नागढुंगाबाट रात्रिबसहरु साँझ ५ बजेभित्र बाहिरिइसक्नुपर्ने भएको छ ।

वर्षा रोकिएसँगै नागढुंगा नाकाबाट बाहिरिने रात्रिकालिन बसहरू चल्न दिने निर्णय गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौँले टोखा, नागढुंगा र फर्पिङ नाका एकतर्फी सञ्चालन गर्ने निर्णय गरेको थियो । साँगा हुँदै विपी राजमार्गतर्फ जाने सवारी साधन सञ्चालनमा आएका छैनन् ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *