नेपाल आज सामोआसँग उपाधि जित्ने लक्ष्यसहित मैदानमा

 नेपाल आज सामोआसँग उपाधि जित्ने लक्ष्यसहित मैदानमा

ओमानमा जारी टी–२० विश्वकप छनोट अन्तर्गत नेपाल आज अन्तिम खेलमा सामोआसँग प्रतिस्पर्धा गर्दैछ । एसिया तथा पूर्वी एसिया–प्रशान्त क्षेत्रको यो निर्णायक खेलमा नेपालले जित निकाल्दै उपाधि हात पार्ने लक्ष्य राखेको छ ।

नेपाल यसअघि नै विश्वकपको यात्रा सुनिश्चित गरिसकेको छ । सुपर सिक्स चरणमा नेपाल ८ अंकसहित शीर्ष स्थानमा रहेको छ भने दोस्रो स्थानमा यूएई र तेस्रोमा ओमान छन्, दुवैसँग ६–६ अंक छन् । यूएईको खेल सकिइसकेको छ भने ओमानले आज जापानसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालले पछिल्लो खेलमा ओमानलाई ३८ रनले पराजित गरेको थियो । आज सामोआलाई पराजित गर्न सके नेपाल अपराजित रहँदै छनोट प्रतियोगिताको उपाधि आफ्नो नाममा गर्न सफल हुनेछ ।

खेल ओमानको अल अमेरात क्रिकेट मैदान (मिनिस्ट्री टर्फ–१) मा स्थानीय समय अनुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *