कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

 कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ । बिहीबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकको दोस्रो दिन शुक्रबार बिहान ११ बजेबाट बैठक सुरू हुनेछ ।

आजको बैठकमा विभिन्न एजेन्डामा आधारित रहेर केन्द्रीय सदस्यहरूले आफ्ना धारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । बिहीबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकमा महामन्त्री गगन थापासहित नेता शेखर कोइराला, मोहन बस्नेत, देवेन्द्रराज कँडेल, शिव हुमागाईं, राजीव कोइराला, गुरू बराल र नृपबहादुर वडले धारणा राखेका थिए ।

बैठकमा अधिकांश नेताहरूले नियमित महाधिवेशनको पक्षमा बोल्दै मंसिरभित्रै महाधिवेशन सम्पन्न गर्नुपर्ने मत व्यक्त गरेका छन् ।

केही नेताहरूले भने सो अवधिभित्र नियमित महाधिवेशन सम्भव नभए विशेष महाधिवेशनमा जानुपर्ने धारणा राखेका छन् ।

कार्यवाहक सभापति खड्काले पनि मंसिरभित्र विशेष महाधिवेशन गर्न सकिने अवस्था बनेमा त्यसको माग सम्बोधन गर्न सकिने बताएका छन् । बैठकमा पार्टीको आगामी कार्यदिशा, संगठन सुदृढीकरण र महाधिवेशन तयारीसम्बन्धी विषयमा विस्तृत छलफल जारी रहने बताइएको छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *