सरकारले ११ देशका राजदूत फिर्ता बोलायो

 सरकारले ११ देशका राजदूत फिर्ता बोलायो

काठमाडौँ । हाल गठन भएको चुनावी सरकारले अघिल्लो सरकारले नियुक्त गरेका केही राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

सरकारले चीन, जर्मनी, इजरायलसहित ११ देशका राजदूतहरूलाई फिर्ता बोलाउने प्रक्रिया अघि बढाएको छ । तर अष्ट्रेलियाका लागि राजदूत चित्रलेखा यादव र दक्षिण कोरियाकी राजदूत शिवमाया तुम्बाहाम्फेलाई भने यथावत् राखिएको छ ।

विश्लेषकहरूले यो कदमलाई नयाँ सरकारले आफ्नो कूटनीतिक संरचना पुनः व्यवस्थित गर्ने संकेतका रूपमा व्याख्या गरेका छन् ।

तर, नयाँ राजदूत नियुक्तिका लागि संवैधानिक प्रक्रिया र संसदीय स्वीकृतिको आवश्यकता पर्ने भएकाले यसले केही समय लिन सक्ने अनुमान गरिएको छ ।

राजदूत फिर्ता बोलाउने निर्णयसँगै सरकार फिर्ता भएका व्यक्तिहरूका हवाई टिकट, भत्ता र अन्य प्राविधिक व्यवस्थापनका विषयमा पनि तयारी गरिरहेको बताइएको छ ।

यस निर्णयसँगै आगामी दिनमा नेपालका कूटनीतिक प्रतिनिधित्वमा फेरबदल हुने संकेत देखिएको छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *