सिटिजन लाइफ इन्स्योरेन्सको आठौँ वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

 सिटिजन लाइफ इन्स्योरेन्सको आठौँ वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सले आफ्नो आठौँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।

कम्पनीले शुक्रबार (असोज ३१ गते) थापाथलीस्थित आफ्नो प्रमुख कार्यालयमा आयोजना गरेको कार्यक्रममा ७५ जनाले रक्तदान गरेका छन् ।

 

कार्यक्रमको उद्घाटन सिटिजन लाइफ इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत दिप बहादुर विसीले स्वयं रक्तदान गरेर गर्नुभएको थियो ।

सामाजिक उत्तरदायित्वअन्तर्गत सिटिजन लाइफले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि रक्तदानसहित विभिन्न सामाजिक तथा सामुदायिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

कम्पनीले वार्षिकोत्सवका अवसरमा देशभर रहेका आफ्ना शाखा कार्यालयहरूमार्फत विमा र यसको महत्वबारे जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिरहेको जनाएको छ ।

कम्पनीले आफ्ना कर्मचारी, एजेन्सी, ग्राहक तथा सुभचिन्तकहरुलाई यस्ता सामाजिक कार्यहरूमा निरन्तर सहभागिता जनाउन अनुरोध समेत गरेको छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *