ओली कुटीका लागि चन्दा उठाइँदैन : महेश बस्नेत

 ओली कुटीका लागि चन्दा उठाइँदैन : महेश बस्नेत

Screenshot

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास निर्माण गर्न चन्दा नउठाउने बताएका छन् ।

ओली निवास निर्माणका लागि गुण्डुबासीले नै योगदान गर्ने नेता बस्नेतको दाबी छ ।

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते बालकोटस्थित निवास जलेपछि ओली भक्तपुरकै गुण्डुमा भाडाको घरमा बस्दै आएका छन् ।

अध्यक्ष ओलीका लागि अब बन्ने निवासलाई एमाले नेताहरूले ‘ओली कुटी’ नाम दिएका छन् ।

बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘ओली निवास निर्माणमा चन्दा उठाइँदैन ।

गुण्डुबासीहरूको साझा भावना र सम्मानका प्रतीकका रूपमा गुण्डुबासीकै हातबाट, गुण्डुबासीकै मनबाट । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीज्यूको निमित्त बन्ने ओली निवास हाम्रो आफ्नै गाउँको पहल हो ।’

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *