सावित्रा भण्डारी ‘साम्बा’को दोहोरो गोलमा भारतमाथि नेपालको ऐतिहासिक जित
ट्राई–नेशन महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपालले घरेलु टोली भारतलाई २–१ गोल अन्तरले पराजित गर्दै शानदार जित हात पारेको छ।
शिलाङस्थित जवाहरलाल नेहरु स्टेडियममा सम्पन्न खेलमा नेपाली टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले खेलको दोस्रो मिनेटमा पहिलो गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाइन्। त्यसपछि ६३औं मिनेटमा अर्को गोल गर्दै साम्बाले नेपालको जित सुनिश्चित गरिन्।
भारतले ८१औं मिनेटमा एक गोल फर्काए पनि बराबरी गोल निकाल्न असफल रह्यो। यो जितसँगै नेपाली महिला टोलीले विदेशी भूमिमा भारतविरुद्धको खेलमा बलियो प्रदर्शन गरेको छ।
कप्तान सावित्रा भण्डारी ‘साम्बा’को असाधारण खेलले पुनः प्रमाणित गरेको छ कि उनी नेपाली महिला फुटबलको सबैभन्दा भरोसायोग्य स्ट्राइकर हुन्।
