एमालेले बाेलायाे सचिवालय बैठक, महाधिवेशन मुख्य एजेन्डा
काठमाडौं । एघारौँ महाधिवेशनको तयारीमा रहेको नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आगामी १५ गते बस्ने भएको छ ।
बैठकले महाधिवेशनसँग सम्बन्धित विभिन्न निर्णय गर्ने पार्टीले जनाएको छ । असोज २९-३१ मा भएको एमालेको केन्द्रीय कमिटी बैठकले एघारौँ महाधिवेशन पोखरामा मंसिर २७-२९ मा गर्ने निर्णय गरेको छ ।
बैठकले महाधिवेशन प्रतिनिधि छनौट विधि,महाधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन, स्थानीय आयोजकसँग समन्वय आदिका बारेमा निर्णय गर्ने सचिवालयका एक नेताले जानकारी दिएका छन् ।
